ऋण लिएपछि तिर्नुपर्छः कार्यवाहक गभर्नर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छः कार्यवाहक गभर्नर ढुंगाना

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी हुन्।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराइन्। नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताइन्।

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिने उनको भनाई छ।

Logo