अब ट्राफिक लाइटमा एआई ह्वाइट लाइट पनि समावेश हुने

अब ट्राफिक लाइटमा एआई ह्वाइट लाइट पनि समावेश हुने

केन्द्रबिन्दु
210
Shares

काठमाडाैँ। ट्राफिक लाइटमा अब एआई ह्वाइट लाइट पनि समावेश हुने भएकाे छ। ट्राफिक लाइटमा याे भन्दा पहिले ३ कलरका लाइट हुन्थे भने अब चार कलरका लाइट हुने भएका हुन्।

जसमा पहिले रातो, पहेँलो र हरियो। यसमा रातो लाइटले सवारी साधन रोक्ने, पहेँलो लाइटले प्रतीक्षा गर्ने र हरियो लाइटमा जाँदा हुन्छ भने संकेत दिएको हुन्छ । यो चौथौ लाइट आर्टिफिसियल इन्टेलिजेन्स हुनेछ। एआई ह्वाइट लाइटले कारलाई अगाडि पछ्याउनु पर्छ भन्ने संकेत दिने जनाइएकाे छ।

विशेषगरी सेल्फ ड्राइभिङ कार भएको मुलुकका लागि विकसित गरिएको सो लाइटको मुख्य उद्देश्य भनेको ट्राफिक सुव्यवस्थित गर्ने र सवारी साधनमा फ्युल खपत कम गर्नु हो।

यसमा समयको साथै पैसाको पनि बचत हुनेछ। सेल्फ ड्राइभिङ सवारी साधनको लागि लन्च गर्न लागेको सो लाइट कम्प्युटर सिस्टमबाट अपरेट हुनेछ।

विश्वमा धेरै सवारी दुर्घटनाहरु ब्लाइन्ड स्पटका कारण हुने गरेको तथ्य पत्ता लागेका छन्। यस्तो अवस्थामा धेरै सवारीसाधन चोकमा आउँदा ह्वाइट लाइट सक्रिय हुनेछ। यस्तो अवस्थामा यी एआई लाइट र यो मेसिन लर्निङ सिस्टमले ट्राफिकमा जाम र जामबाट बच्न सही निर्णय लिन मदत गर्नेछ।

नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले निर्माण गरेको सो एआई लाइटको परीक्षण भइसकेको छ। सो परीक्षण माइक्रो ट्राफिक सिम्युलेटरबाट गरिएको हो।

Logo