पुस मसान्तम्म ५७ मध्ये २१ लघुवित्त घाटामा, खराब कर्जा ६.८५ प्रतिशत

पुस मसान्तम्म ५७ मध्ये २१ लघुवित्त घाटामा, खराब कर्जा ६.८५ प्रतिशत

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। चालु आर्थि वर्षको लघुवित्तको पुस मसान्तम्मको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरणमा जम्मा ५७ वटा लघुवित्तमध्ये २१ लघुवित्तत घाटामा गएका छन्।

समग्र लघुवित्तले खुद नाफा ९ करोड ७ लाख २३ मात्र रहेको छ। ५७ वटा लघुवित्तको खराब कर्जा अनुपात ६.८५ प्रतिशत पुगेको छ। खराब कर्जामा सबैभन्दा बढी सुपर लघुवित्तको खराब कर्जा देखिएको छ। पुस मसान्तसम्ममा सुपरको ८८.८९ प्रतिशत खराब कजर्चा पुगेको छ।

दोस्रो त्रैमास सम्ममा समग्र लघुवित्तले ४३ अर्ब ९६ करोड १३ लाख ९ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन्। चालु आवको ६ महिनामा लसग्र लघुवित्तको बेस रेट अनुपात १४.७९ प्रतिशत रहेको छ।

चालु आवको दोस्रो त्रैमाससम्ममा ५७ वटा लघुवित्तको कोर क्यापिटल ५ अर्ब ४० करोड ८७ लाख १३ लाख रुपैयाँ छ भने क्यापिटल फन्ड ६ अर्ब २ करोड १८ लाख ६६ हजार रहेको छ।

चालु आवको ६ महिनामा ५७ वटा लघुवित्तमा सदस्यको बचत १६ अर्ब ६६ रकोड ६८ लाख ७३ हजार रुपैयाँ रहेको छ। लघुवित्तले वाणिज्य बैंकबाट २२ अर्ब ३४ करोड ५१ लाख ८८ हजार रुपैयाँ ऋण लिएका छन्।

Logo