एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा यही २०८० साल, फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरुद्ध रहने जानकारी गराएको छ ।

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डिसि चार्जिब स्टेसनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन्।

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवं असुविधाका लागि क्षमा व्यक्त गरेको छ । यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।

Logo