कोरियन संस्थाले नेपालमा स्मार्ट खेती गर्ने

कोरियन संस्थाले नेपालमा स्मार्ट खेती गर्ने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने भएको छ । कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थाले नेपालमा प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट खेती सुरु गर्ने तयारी पनि गरिरहेको छ ।

बिहीबार काठमाडौंमा आयोजित दोस्रो एसिया वायो नेटवर्क फोरमको कार्यक्रममा कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थासँग नेपालमा स्मार्ट खेतीका लागि सहकार्य हुने साख स्टिलका निर्देशक किरण साखले जानकारी दिए । उनले भने,‘एउटा एबीसी क्लष्टर भन्ने संस्था छ । संस्थाले नेपालमा हामीसँग सहकार्य गरेर सुरुमा स्मार्ट फार्मिङ सुरु गर्दैछ । हाइ टेक्नोलोजीको प्रयोग गरि नेपाली हर्बलको फार्मिङ गरिनेछ । त्यसलाई प्रशोधन गरेर कोरिया लैजाने तयारी गरिरहेका छौं ।’

नेपाल र कोरियन प्रविधिको आदनप्रदान गर्ने स्मार्ट फार्मिङमार्फत नेपाली हर्बललाई विश्वमा विस्तार गर्ने संस्थाको तयारी रहेको साखले जानकारी दिए । खेतीको प्रक्रिया संस्थाले नै सिकाउने र खरिद संस्थाले नै गरेर लैजाने योजना रहेको उनले सुनाए ।

Logo