ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ आजदेखि सञ्चालनमा, के-के छन् सुविधा ?

ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ आजदेखि सञ्चालनमा, के-के छन् सुविधा ?

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । नेपालको व्यवसायिक क्षेत्रमा आमूल परिवर्तन गर्ने उदेश्य सहित ईकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सवलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले आज बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो।

डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ। डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ।

डिजिटल साहुजीको व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य रहेको छ। यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ । यसवाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्ने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, विद्यार्थीहरुलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ। त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने छ । कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ जसले उनीहरुलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ । यस योजनामा आफ्नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्नेछ ।

यसबाहेक कम्पनीले ग्राहकका लागि आधिकारिक प्रडक्ट्सको प्रतिबद्धता जनाएको छ। यसअनुसार ग्राहकले कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ। त्यसका अतिरिक्त कम्पनीले ग्राहक सपोर्ट टिम खडा गरेको छ। जसले ग्राहकलाई आवश्यक कुनै पनि सहयोग उपलब्ध गराउनेछ । यसले नामअनुसारको काम अर्थात् विभिन्न व्यवसायलाई प्रविधिसँग जोडेर तिनीहरुलाई डिजिटलाइजेसन गर्ने कम्पनीका संस्थापक तथा सिईओ राजन न्यौपानेले बताए । डिजिटल साहुजीले अथेन्टिक प्रडक्ट डेलिभरी गर्नेदेखि भरपर्दो व्यावसायिक सेवा उपलब्ध गराउने उनकाे भनाई थियो ।

खुद्रा व्यापारीहरुले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरु गर्न सक्नेछन्। डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरुले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउनेछन्।

कम्पनीले भनेको छ, ‘हामीले व्यवसायहरुलाई डिजिटलाइजेसन गराई व्यापार वृद्धि गर्न सहयोग गर्नेछौं। हामी व्यवसायीहरुलाई एक्सचेन्ज एवं इन्स्योरेन्सको पनि सुविधा दिन्छौं। इम्पोर्टरहरुले डिजिटल साहुजीसँगको सहकार्यमा बजारमा भएको विक्री विवरण तथा बजारमा बढी र कम बिक्री भइरहेको सामानहरुका बारेमा वास्तविक तथ्यांक प्राप्त गर्न सक्छन्। त्यस्तै ग्राहकहरुका वास्तविक प्रतिक्रिया संकलन गरी आफ्नो सामानहरु मागअनुसार बजारमा पठाएर सामान गोदाममै थन्किने समयमा पेमेन्ट नआउने लगायतका समस्याबाट उनीहरु मुक्त हुन सक्छन्।’

डिजिटल साहुजीको उद्देश्य नै नेपालका व्यवसायीहरुलाई आफ्नो पूर्ण दक्षता हासिल गराउनु र यसले सामान नपाउनु, एक्सचेन्ज सुविधा नपाउनु, डेलिभरीमा ढिलासुस्तीजस्ता समस्याहरुको समाधान गर्ने कम्पनीको दाबी छ ।

Logo