कृषि विकास बैंकले माग्यो विभिन्न तहमा कर्मचारी

कृषि विकास बैंकले माग्यो विभिन्न तहमा कर्मचारी

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो।

तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ ।

स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Logo