लाइसेन्सका लागि नेपाल ल्याइएकाे ६ लाख थान स्मार्ट कार्डमा प्रिन्ट नै भएन

लाइसेन्सका लागि नेपाल ल्याइएकाे ६ लाख थान स्मार्ट कार्डमा प्रिन्ट नै भएन

केन्द्रबिन्दु
56
Shares

चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि केही साता पहिले नेपालमा आइपुगेको भनिएको ६ लाख थान स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या देखिएको छ । यातायात व्यवस्था विभागका अनुसार जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचले पठाएकाे ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या देखिएको हाे ।

गत फागुनमा नेपाल सरकार र जिएमबिएचबीच १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने सम्झौता भएको थियो। त्यसपछि पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको थियाे । तर, यी कार्डमा लाइसेन्स छाप्न नमिलेपछि विभागले परीक्षणका लागि भारत पठाएकोमा पहिले भनिएको भन्दा फरक स्पेसिफिकेसन भएकाले छाप्न नमिलेको पाइएको बताइएकाे छ । यो अवस्थामा यातायात व्यवस्था विभागले जर्मन कम्पनीलाई यसबारेमा जानकारी पनि गराइसकेकाे छ ।

कार्डको अभावमा नियमित प्रिन्ट यतिबेला रोकिएको छ । हाल विभागसँग मौजुदा प्रिन्टर एउटामात्रै रहेको छ । जसको कार्यक्षमता १६ घण्टासम्म निरन्तर चलाउँदा पनि दैनिक चारदेखि पाँच हजारभन्दा बढी प्रिन्ट गर्न सक्दैन ।

Logo