व्यवसायिक हब मानिएका ठाउँ नै हुँदै छन् खालि [फोटोफिचर]

व्यवसायिक हब मानिएका ठाउँ नै हुँदै छन् खालि [फोटोफिचर]

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । व्यापार र व्यवसायिक क्षेत्रको रूपमा निकै परिचित स्थान हो, काठमाडौंको कमलादी । व्यवसायिक हबका रूपमा पनि चिनिने उक्त स्थान पछिल्लो समय खालि हुन थालेको छ । कमलादीमा व्यवसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु बढी देखिन थालेको हो ।

पहिलाको जस्तो व्यापार हुन छाडेपछि सटर नै बन्द गरेर व्यवसाय अन्त सारेको व्यवसायीहरू बताउँछन् । व्यवसायी रमेश खड्का कमलादीमा आफ्नो व्यवसाय सार्न केही दिन अघि मात्र पुगेका थिए । तर, सटरको भाडा महँगो भएकाले आफू दुविधामा परेको उनी बताउँछन् । ‘अहिले पहिलाको तुलनामा व्यापार कम छ, त्यसैले महँगो भाडा भएका सटरलाई छाडेर व्यापारी सस्तो भाडा खाेज्दै सिफ्ट हुन थालेपछि बजारका सटरहरू खालि देखिन थालेका हुन्,’ उनले भने ।

देशको आर्थिक अवस्था चलायमान नभएसम्म व्यापार व्यवसाय नबढ्ने उनको धारणा छ । ‘व्यापार गर्ने युवा नै बढ्दो संख्यामा पलायन हुन थाले, नयाँ सोचका साथ व्यापार पहिलाको जस्तो हुनै छाड्यो, नयाँ व्यापारी र व्यवसायीको उदय नै नभएपछि सटर खालि हुनु स्वाभाविक हो,’ उनले भने । कमलादीमा मात्र नभई अहिले काठाडौंको दरवारमार्ग, न्युरोड, पुतलीसडक, न्यू प्लाजा आदि जस्ता व्यवसायिक हब मानिएका ठाउँमा पनि ‘टु लेट’ को पोस्टरहरु प्रशस्त देख्न पाइन्छ ।

तस्विरः देशभक्त थापा/केन्द्रबिन्दु

Logo