सर्वोत्कृष्ट खेलाडी रुविना क्षेत्रीलाई यामाहाकाे हाइब्रिड स्कुटर हस्तान्तरण

सर्वोत्कृष्ट खेलाडी रुविना क्षेत्रीलाई यामाहाकाे हाइब्रिड स्कुटर हस्तान्तरण

केन्द्रबिन्दु
28
Shares

प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट भएकी रुविना क्षेत्रीलाई यामाहाको रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । जसअनुसार एक कार्यक्रमका बीच सो स्कुटर रुविनालाई हस्तान्तरण गरिएको हो । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु यामाहा डिभिजनकी चिफ मार्केटिङ अफिसर पुनम सिंहले सो स्कुटर हस्तान्तरण गरिन् ।

कम्पनीका अनुसार यामाहाको रे जेडआरमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर उपलब्ध छन् ।

Logo