वैद्य इनर्जीले पोखरामा भित्र्यायो एथर ईभी स्कुटर, डिलर बन्यो अटोवेज

वैद्य इनर्जीले पोखरामा भित्र्यायो एथर ईभी स्कुटर, डिलर बन्यो अटोवेज

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। एथरका लागि पोखराको आधिकारिक बिक्रेता अटोवेज प्रालिले एथरलाई पोखरा भित्र्याएको छ। पोखराको नयाँ बजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो।

वैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘वैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरसँगै काठमाडौं र ललितपुरपछि पोखरामा बिक्री वितरण फागुन १२ बाट सुरू गरिएको हो।

भारतीय बजारमा लोकप्रिय यो इलेक्ट्रिक स्कुटर पछिल्लो समय नेपाली बजारमा माघ बढ्दो रहेको कम्पनीले बताएको छ। आटोवेज प्रा.लिले टोयोटाको डिलरको रूपमा विगत २० वर्ष भन्दा अगाडिदेखि पोखरामा दिँदै आएको छ।

कम्पनीले पोखरामा डिलरसँगै दुई चार्जिङ साथै सेर्विस स्टेशनको पनि स्थापना गरिएको बताइएको छ। जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्।

कम्पनीले थप दुई चार्जिङ स्टेशन स्थापना योजना बनाएको वैद्य एनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुर्यंश वैद्यले जानकारी दिए।‘हामी आटोवेजसँग सहकार्य गरी एथेर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं, यो ईभी स्कुटर धेरैको रोजाइमा पर्ने अपेक्षा लिएका छौं,’ उनले भने।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छन्। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ। एथर ‘४५० एक्स’ अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता आधुनिक फिचर उपलब्ध छन्। यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

Logo