भव्यतापूर्वक मोटरसाइकल रेसिङ सम्पन्न, श्री  पौडेल र संस्कार विष्ट विजयी

भव्यतापूर्वक मोटरसाइकल रेसिङ सम्पन्न, श्री  पौडेल र संस्कार विष्ट विजयी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ अन्तर्गत सम्पन्न खेलमा श्री  पौडेल र संस्कार विष्ट विजयी बनेका छन्। नेसनल र नोभिस गरी दुई क्याटागोरीमा सम्पन्न सो मोटरसाइकल रेसिङ ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न भएको थियो ।

नेसनलतर्फ पौडेल विजयी बनेका छन् भने अजय तामाङले दोस्रो र रितेश खत्रीले तेस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजयी बनेका छन् भने अभिनव राज मल्लले दोस्रो र अनिश थापा मगरले तेस्रो स्थान हासिल गरेका छन् ।

दुवै क्याटागोरीमा विजयी हुने खेलाडीहरुले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदका साथै पदक र शिल्ड प्राप्त गरेका छन् । नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा भएको थियो भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा भएको थियो ।

युवा दर्शकहरुको उत्साहका साथ सम्पन्न सो प्रतियोगिता निकै रोमाञ्चक रहेको थियो । मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको सो प्रतियोगितालाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्थाको सहयोग रहेको थियो । त्यसैगरी नेपालमा रहेका बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ ।

अफिसियल लुब्रिकेन्ट पार्टनर शेल लुब्रिकेन्ट रहेको छ । त्यसैगरी क्यास्ट्रोल, गल्फ र पेट्रोनस लुब्रिकेन्ट तथा कवच राइडिङ गियरले समेत रेसिङ कार्यक्रमलाई सहयोग गरेका थिए । सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइएका थिए ।

विजयी खेलाडीहरुलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्य र अन्य विभिन्न व्यक्तिहरुले पदक तथा शिल्ड वितरण गरेका थिए ।

Logo