फागुन २६ गते स्वरोजगार लघुवित्तले डाक्याे साधारण सभा

फागुन २६ गते स्वरोजगार लघुवित्तले डाक्याे साधारण सभा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। फागुन २६ गते स्वरोजगार लघुवित्तले वार्षिक साधारण सभा डाकेको छ।

सभा,नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ।

थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ

Logo