आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
630
Shares

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १८ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज २ सय रूपैयाँले घटेर १ लाख १८ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेकाे छ। आइतबार चाँदी प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयाँले घटेर १३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo