घट्दै बैंकहरुको बेस रेट, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ब्याज ?

घट्दै बैंकहरुको बेस रेट, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ब्याज ?

केन्द्रबिन्दु
1.3k
Shares

काठमाडौं। पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) पनि निन्तर घटी रहेको छ। हाल बैंकहरुको बेस रेट एकल अंकमा आइपुगेको छ। गत माघ महिनाका लागि बैंकहरुले कायम गरेको बेस रेट फागुनमा भने थप घटेको देखिएको छ।

हाल वाणिज्य बैंकहरुको औसत बेस रेट ९.३४ प्रतिशत कायम भएको छ। यो गत माघ महिनाको तुलनामा भने शून्य दशवलव २१ प्रतिशत घटेको छ । गत माघमा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशत रहेको थियो।

फागुन महिनामा तीन वटा बैंकहरुको मात्रै आधार दर १० प्रतिशत भन्दा माथि छ। तर, यी बाहेकका अन्य १७ वटा बैंकको आधार दर एकल अंकमै अर्थात् १० प्रतिशत भन्दा तल नै छ। गत माघको तुलनामा घटाए पनि हाल हिमालयन, कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर १० प्रतिशत माथि छ। फागुनमा यी बैंकको आधार दर क्रमश: १०.१३ प्रतिशत, १०.३१ प्रतिशत र १०.३१ प्रतिशत छ। बेस रेटको आधारमा हाल यी बैंकहरुबाट ऋण लिँदा अन्यको तुलनामा महँगो पर्ने देखिन्छ।

आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ। पछिल्लो समय बैंकहरुको प्रदान गर्ने निक्षेपको ब्याजदर पनि घट्दो ट्रेन्डमै छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो। निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो।

यसका आधारमा अहिले १७ बैङ्कले सस्तो ब्याजमा ग्राहकलाई ऋण उपलब्ध गराउन सक्ने अवस्थामा देखिएका हुन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ। हाल बैंकहरुबाट ऋण लिँदा औसतमा न्युनतम १२.५६ प्रतिशत र अधिकतम १५.३१ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ। यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक फरक हुनसक्छ।

बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ। बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन्।

कुन बैंकको आधार दर कति ?

Logo