मंगलबारदेखि जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना हुँदै, यस्ता छन् सुविधा

मंगलबारदेखि जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना हुँदै, यस्ता छन् सुविधा

केन्द्रबिन्दु
28
Shares

काठमाडाैं । सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्ने भएको छ । उक्त मेला मंगलबारदेखि नक्साल, नारायणचौरस्थित कम्पनीको शोरुममा शुरु हुने छ ।

४ दिन चल्ने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा ग्राहकले आफ्ना पुराना बाइक वा स्कुटरको प्रतिस्पर्धात्मक मूल्यांकन पाउने र स्पट फाइनान्सका साथै बजार मूल्यांकनमा थप २५ हजार सम्म उपलब्ध हुने कम्पनीकाे भनाई छ । यी विभिन्न सुविधाका साथ ग्राहकले प्रत्येक खरिदमा निःशुल्क हेलमेट र आकर्षक उपहार समेत प्राप्त गर्नेछन् ।

ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ याे एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागिएकाे कम्पनीले जनाएकाे छ ।

रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो ईभी स्कुटर जीहो ब्रान्डको उच्चतम प्रविधि, डिजाइन र फरक विशेषताको बारेमा धेरै ग्राहकलाई जानकारी प्रदान गर्नका लागि उपत्यका भित्रका विभिन्न स्थान, कर्पोरेट हाउस, कार्यालय, आईटी कम्पनी, मल आदिमा प्रोडक्ट डिस्प्ले गर्नुका साथै टेस्ट राइड जस्ता कार्यक्रमसमेत उपलब्ध गराउँदै आएको छ । नेपाली बजारमा हाल जीहो ब्रान्डका एई६ प्लस र एई८ गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन् ।

Logo