बिवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम, कसरी सहभागी हुने ?

बिवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम, कसरी सहभागी हुने ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालको लागि बिवाईडी अटो इन्ड्रस्टीको आधिकारिक वितरक साइमेक्स इंकले यूईएफए यूरो–२०२४ को अवसर पारेर ‘नेपाली अब यूरो कपमा’ स्किम ल्याएको छ । बिवाईडी यूईएफए यूरोको अधिकृत ई-मोबिलिटी पार्टनर भएसँगै उक्त स्किम बिवाईडीका फुटबल प्रेमी ग्राहकहरूलाई लक्षित गर्दै ल्याएको हो ।

कम्पनीका अनुसार उक्त स्किममार्फत बिवाईडीका ग्राहकहरू जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो–२०२४ को खेलहरू हेर्ने मौका पाउने छन् । यूईएफए यूरो– २०२४ जुन १४ देखि जुलाई १४, २०२४ सम्म जर्मनीका १० विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ ।

युरोपेली फुटबल संघ (यूईएफए) र न्यु इनर्जी भेहिकलको विश्वकै प्रमुख निर्माता बिवाईडीबीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको सम्झौता हो । बिवाईडीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठका अनुसार बिवाईडीका गाडी प्रयोगकर्ता ६ जना र एक महिनाभित्र गाडी बुक गर्ने ५ जना गरी ११ भाग्यशाली यूईएफए यूरो–२०२४ सहभागी हुने मौका पाउने छन् ।

यस स्किमद्वारा आफ्ना ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बिवाईडीले राखेको छ । साइमेक्स प्रालि विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरूलाई अविस्मरणीय अनुभव प्रदान गरिरहेको छ ।

Logo