नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज नियुक्त

नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज नियुक्त

केन्द्रबिन्दु
2.9k
Shares

काठमाडौं। नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित नियुक्त भएका छन्। सरकारले तालिम दलबाट निर्वाचित भएपछि महेन्द्रराजलाई स्काउटको प्रमुख आयुक्त नियुक्त गरेको हो।

आयुक्त प्रमुख महेन्द्रराजले आफ्नो भिजन अनुसार अगाडि बढी युवाको क्षमता अभिवृद्धिमा पनि आफू लाग्ने बताए। ‘हामीले हाम्रो भिजन अनुसार काम गर्ने हो, सन् २०३२ सम्मको भिजन हामीले तयार गरिसकेका छौं, सोही अनुसार हामी अगाडि बढ्छौं, ‘उनले भने, ‘युवाको क्षमता अभिवृद्धि गर्दै यस संस्थामा युवालाई आबद्ध गर्नतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’

नेपाल राष्ट्र बैंकमा करिव तीन दशक काम गरेर अवकाश पाएका महेन्द्रराज विभिन्न संघ संस्थामा लामो समय काम गरेकाे अनुभव छ। स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने उनको भनाइ छ।

यस्तै, नेपाल स्काउटको सह–प्रमुख आयुक्तमा द्वय किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे तथा तालिम आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भएका छन्।

Logo