सिजी ब्राण्डको डिलर मिट सौराहमा सम्पन्न

सिजी ब्राण्डको डिलर मिट सौराहमा सम्पन्न

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ। नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले फागुन १४ गतेको दिन सौराहस्थित होटल जंगल क्राउनमा आफ्नो डिलर मिट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरूलाई निमन्त्रणा गरि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हाे।

कार्यक्रममा सिजीका भाईस प्रेसिडेन्ट एस.सि.साबु र बि.यु. यच. धर्मेन्द्र जोशीले दिप प्रज्जवलन गरि कार्यक्रम प्रारम्भ गरेका थिए। सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे।

कार्यक्रममा ७० जनाभन्दा बढि डिलरहरूका साथै पत्रकारहरूको उपस्थिति रहेको थियो । सिजी ब्राण्डका घरायसी सामाग्रीहरूको प्रदर्शनी गर्नुका साथै आउँदै गरेको सामानहरूको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले जानकारी गराएकाे थियाे।

कार्यक्रममा चौधरी ग्रुपलगायत सिजी ब्राण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र ब्राण्डको बारेमा जानकारी दिइएको थियो। साथै विभिन्न क्षेत्रका डिलरहरूलाई विभिन्न अवार्डहरू वितरण गरि हौसला पनि प्रदान गरिएको थियो। क्रार्यक्रममा सिजी ब्राण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलरहरूबीच सार्वजनिकसमेत गरेकाे थियाे।

डिलरहरूलाई आउँदा दिनहरूमा अझै राम्रा/राम्रा सामानहरू र आकर्षक योजनाहरू पनि ल्याउने सेल्स हेड हरिचन्द्र अर्याल र सि. जी. सेल्सका डि.जीएम शैलेन्द्र झाले बताए। साथै सि. जीका मार्केटिङ मेनेजर गौरव हमालले आफ्ना बहुमुल्य शब्दहरूका साथ आफ्ना डिलरहरूलाई हौसला प्रदान गरेका थिए।

Logo