बजाजले गर्‍याे भारतीय बजारमा पल्सर एनएस-१६० र एनएस- २०० सार्वजनिक

बजाजले गर्‍याे भारतीय बजारमा पल्सर एनएस-१६० र एनएस- २०० सार्वजनिक

केन्द्रबिन्दु
280
Shares

काठमाडाैँ। बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० सार्वजनिक गरेको छ। सो अपडेटेड मोटरसाइकललाई कम्पनीले १.४६ लाख र १.५५ लाख (एक्स–शोरुम) भारुमा सार्वजनिक गरेको हो।

यी बाइक अबको केही समयपछि नेपाली बजारमा समेत एसेम्वल हुने अनुमान गर्न सकिन्छ। दुबै बाइकमा नयाँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । बाइकमा दिइएको ब्लुटुथ फिचर माफर्त आगमन कल, एसएमएस र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रयोगमा ल्याउन सकिन्छ।

यी दुबै बाइकमा पुनः डिजाइन गरिएको हेडल्याम्प यूनिट रहेको छ । नयाँ भी आकारको एलइडी क्लस्टमा एलइडी डीआरएलएस एकीकृत गरिएको छ ।

यी दुई बाकमा पल्सर एनएस–१६० टिभिएस अपाचे आरटिआर ४भी र हिरो एक्सटिङ १६० आर तथा एनएस–२०० ले आरटिआर २०० ४भी र होण्डा हर्नेट २.० संग प्रतिस्पर्धा गर्ने देखिन्छ।

१६०.०३ सिसी सींगल–सिलिन्डर इन्जिन जडान गरिएको एनएस–१६० को पावर १७.०३ बीएचपी र टर्क १४.६ एनएम छ भने एनएस २०० मा २४.१३ बिएचपी पावर र ४७ एनएम टर्क जेनेरेट गर्नसक्ने क्षमता भएको १९९.५ सिसी लिक्वड–कुल्ड, सींगल–सिलिन्डर इन्जिन दिइएको छ ।

Logo