टेबलटेनिसकी च्याम्पियन नविता टोयोटाको सद्भावना दूत

टेबलटेनिसकी च्याम्पियन नविता टोयोटाको सद्भावना दूत

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। टेबलटेनिसमा लगातार नौं पटकसम्म राष्ट्रिय च्याम्पियन बनेकी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा मंगलबार नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे।

सम्झौता एक वर्षको रहेको छ । सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिने छिन् ।
निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ को अवधारणा अनुरुप नवितासंग सहकार्य गरेको जानकारी दिए।

नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउदै आफूले टोयोटासंग मिलेर महिला सशक्तीकरणमा काम गर्ने बताइन्।

एनओसीका अध्यक्ष श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकोले यस सम्झौतामा एनओसीको मध्यस्थकर्ता भूमिका रहेको जानकारी दिँदै यो साझेदारीले नेपाली खेलकुद तथा खेलाडीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

Logo