उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर सञ्चालनमा

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर सञ्चालनमा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरका लागि काठमाडौं उपत्यकाका ७ स्थानमा सर्भिस सेन्टरहरु सञ्चालन आएको छ । नेपालमा लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटर बेच्दै आएको जीरो इमिसन राइड एनले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सर्भिस सेन्टरहरु सञ्चालन ल्याएकाे हाे ।

यी सर्भिस सेन्टरमध्ये ग्राहकहरुले आफूलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्ने जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले जानकारी दिए । साथै सर्भिस सेन्टरमा चार्जिङ सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् ।

काठमाडौं उपत्यका बाहेक अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सञ्चालनमा रहेको सो कम्पनीले जनाएको छ ।

करिव ५ बर्षदेखि नेपालमा जीरो इमिसन राइड एनले इलेक्ट्रिक स्कुटरहरु बेचिरहेकाे छ, त्यसको लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको छ ।

Logo