‘वर्ल्ड कार अफ दी इयर २०२४’ को टप तीनमा बीवाईडीका दुई ईभी छनोट

‘वर्ल्ड कार अफ दी इयर २०२४’ को टप तीनमा बीवाईडीका दुई ईभी छनोट

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। वर्ल्ड कार अफ दी इयर २०२४’ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। यी तीन कारमा नेपालमा पनि बिक्री हुँदै आएको बीवाइडी सिल सेडानले स्थान बनाएको हाे।

टप तीनमा बीवाइडी सिलसँगै किया ईभी-९ र भोल्भो ईएक्स-३० मोडल परेका छन्। साथै, विभिन्न विधाको लागि फाइनल प्रतिस्पर्धामा फोर्ड बोर्कानो, हुन्डाई कोना, माज्दा सिएक्स-९०, सुबरु क्रसट्रेक, टोयोटा प्रियस र फक्सवागेन आईडी-७ छनोट भएका छन्।

‘वर्ल्ड कार अफ दी इयर’को लागि जनवरी १, २०२३ देखि उत्पादन भएर बिक्री सुरु भएका कारहरु मध्ये कम्तीमा १० हजार यूनिट बिक्री भएका कारले सहभागिता जनाएका छन् । प्रतिस्पर्धीहरुको अन्तिम सूची डिसेम्बर १, २०२३ मा घोषणा भएको थियो।

वर्ल्ड कार अफ दी इयरसँगै, वर्ल्ड लग्जरी कार, वर्ल्ड पर्फमेन्स कार, वर्ल्ड अर्वान कार, वर्ल्ड इलेक्ट्रीक कार, कार डिजाइन अफ दी इयर जस्ता विधामा अवार्ड प्रदान गरिने छ। अमेरिकाको न्यूयोर्क इन्टरनेशनल अटो शोको दौरान आगामी मार्च २७ तारिखमा बिजेताको घोषणा हुनेछ।

अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण पुरस्कारको रुपमा चिनिएका वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर अत्यधिक रुपमा प्रशंसित छन् । विश्वमा ‘अटोमोटिभ ओस्कार’ को नाममा प्रसिद्ध भएको वर्ल्ड कार अवार्ड विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ।

बीवाईडीका यी दुई मोडलमा भएका विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताहरुले सो कार अवार्डका लागि २९ देशमा १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ।

२०२३ मा बीवाईडी सिल र बीवाईडी डल्फिनले युरो एनक्याप र एएनएक्याप परीक्षणमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए । विशेषतः बीवाईडी सिललाई ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो ।

२०२३ मा बीवाईडीले ३० लाख विद्युतीय सवारी साधन बिक्री गर्दै शीर्ष स्थान हासिल गरेको थियो भने ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो ।

Logo