आज सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेवार ?

आज सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हाे।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम रहेकाे थियो ।

सुनको मूल्य बढेर कारोबार आए पनि आज चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो। आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ छ ।

Logo