आज सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हाे।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम रहेकाे थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। महासंघका अनुसार हिजो बिहीबार १३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १५ रूपैयाँले बढेर १३ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo