प्रभु महालक्ष्मी लाइफको सिइओ बने सन्तोष प्रसाईं

प्रभु महालक्ष्मी लाइफको सिइओ बने सन्तोष प्रसाईं

केन्द्रबिन्दु
210
Shares

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाईं नियुक्ति भएका छन्। शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले प्रसाईंलाई सिईओ बनाउने निर्णय गरेको हो।

प्रसाईं आगामी चार वर्षका लागि सिइओमा नियुक्ति भएका हुन्। साविकको प्रभु लाइफको सिइओ समेत बनिसकेका प्रसाईं प्रभु महालक्ष्मीमा भने बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। प्रभु महालक्ष्मी साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो।

Logo