भिभो भी३० सार्वजनिक हुनअघि नै इन्दिरा जोशीको हातमा

भिभो भी३० सार्वजनिक हुनअघि नै इन्दिरा जोशीको हातमा

केन्द्रबिन्दु
798
Shares

काठमाडौं। होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएको छ।

यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरुको खुलासा भइसकेको छैन। यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन्।

यो नयाँ स्मार्टफोनले फोटोग्राफीका लागि धेरै सुविधा ल्याउँदैछ। यसको क्यामरामा विशेषगरि पोट्र्रेट खिच्न फोकस राम्रो छ। भी२९ को स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्टको सफलतापछि, भी३० माऔरा लाइट पोट्र्रेट विशेषता छ, जसमा टाढाको दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीयपोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको सुविधा छ।

यसका साथैयो स्मार्टफोनमा आकर्षकग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेराआउने अपेक्षा गरिएको छ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएको फोन भी३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ।

पर्फमेन्सको सन्दर्भमा भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ। यो एक स्लिम फोन हुनुका साथै सहज प्रयोगकर्ता अनुभवका लागि स्न्यापड्रयागन ७ जेन ३ प्रोसेसर साथ आउनेछ।

यो सेटले प्रिमियम लुक र स्मूद भिजुअलका लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको विक्रेताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Logo