२.२५ र १.५ लिटरको कोका-कोला किन्दा २५० मिलिलिटर कोका-कोला फ्रीमा 

२.२५ र १.५ लिटरको कोका-कोला किन्दा २५० मिलिलिटर कोका-कोला फ्रीमा 

केन्द्रबिन्दु
42
Shares

काठमाडौैं । नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला किन्दा २५० मिलिलिटरको कोका–कोला निःशुल्क दिने भएको छ । २.२५ र १.५ लिटर स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क दिने भएको हो । 

यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको बताइएको छ । कोका–कोला सधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध रहेको कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले बताइन् । 

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएका पनि कम्पनीले बताएको छ । कोका–कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ  क्याम्पेनहरु ल्याउँदै आइरहेको छ ।

यस अफरमार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त लिएको छ । यो अफर सीमित अवधिको मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।

Logo