३ लाखभन्दा कम मूल्यमै पाइन्छन् बजाजका यी ६ मोटरसाइकल, के छन् विशेषता ?

३ लाखभन्दा कम मूल्यमै पाइन्छन् बजाजका यी ६ मोटरसाइकल, के छन् विशेषता ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्न थालेको लामो समय भइसकेका छ । ती मध्ये बजाजका केही मोडल ३ लाख रुपैयाँ भन्दा पनि कम मूल्यमा पाइन्छन् । नेपालमा सडकमा पनि बजाजका मोटरसाइकल उपस्थिति बाक्लो छ ।

धेरैको रोजाइमा पर्ने बजाजका बजारमा सस्तोदेखि महँगा मूल्यसम्मका मोटरसाइकलहरू उपलब्ध छन् । त्यसमध्ये पनि बजाजका ३ लाख रुपैयाँ भन्दा काम मूल्य पाइने मोटरसाइकलहरू हेरौं-

डिस्कभर १२५ डिस्क
बजाज डिस्कभर १२५ सीसी डिस्क धेरैको रोजाइमा पर्ने बाइक हो । छोटो दूरीको यात्रा गर्न र दैनिक उपयोगको लागि उपयुक्त यो मोटरसाइकलको मूल्य कम्पनीले २ लाख ३८ हजार ९०० रुपैयाँ तोकिएको छ । हेर्दा आकर्षक र स्मार्ट यो मोटर साइकल इन्धनबाट चल्छ । इन्जिन, ट्रान्समिसन र डिजाइन जस्ता धेरै कोर तत्त्वहरू सबै डिस्कभर मोटरसाइकलहरूका लागि समयसँगै लगभग समान छन् ।

डिस्कभर १२५ एसटी
बजाज डिस्कभर १२५ एसटी डिजाइन र विलासिताका हिसाबले एकदमै फरक बाइक हो । एकदमै समान मोटरसाइकल जस्तै हो जसले औसत व्यक्तिलाई राम्रो समग्र गति र उच्च पेट्रोल माइलेजको साथ सन्तुष्ट पार्छ । यसको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ राखिएको छ ।

प्लाटिना १०० ईएस
बजाज प्लाटिना ईएस विभिन्न फिचर साथै आधुनिक प्रविधिको प्रयोग भइतयार भएको बाइक हो । नयाँ सुविधाहरूसहित राम्रो माइलेजको लागि अप्टिमाइज गर्ने उद्देश्यले निर्माण गरिएको यो बाइक राइडरहरूलाई कम खर्चिलो र स्मार्ट बाइकिङ सुविधाहरू प्रदान गर्दछ । उक्त बाइकको मूल्य कम्पनीले २ लाख २ हजार ९०० रुपैयाँ तोकेको छ । बलियो अलोय ह्विल, सस्पेन्सन र यसको सबैभन्दा विशिष्ट विशेषता भनेको इलेक्ट्रिक स्टार्ट हो ।

पल्सर एनएस १२५ बीएस–६
पल्सर एनएस १२५ बीएस–६ धेरैले रुचाएको बाइक मध्ये एक हो । सस्तो र आकर्षक भएकाले नेपालमा यो बाईक सबै भन्दा बिक्री भइरहेको पनि कम्पनीले बताएको छ । पल्सर एनएस १२५ बीएस–६ राखिएको इन्जिन बलियो हुनु साथै अगाडि डिस्क र पछाडि ड्रम ब्रेक समावेश छन् । २ लाख ८७ हजार ९०० रुपैयाँ पर्ने यो बाइकको ब्रेकिङ प्रणाली पनि सरल छ । उक्त बाइकको माग बढ्दै गएपछि नेपाली बजारमा यो बाईक प्रतिको क्रेज बढ्ने कम्पनीले बताएको छ ।

पल्सर १५० एसडी
बजाज पल्सर १५० एसडी धेरैले रुचाएको बाइक हो । यो बाइकमा सहज यात्रा साथैसवारीको गुणस्तर पल्सरका विगतका मोडलहरू भन्दा धेरै उच्च छ । बाइकहरूमा कुनै पनि सानो वा ठूलो समस्याले धेरै खर्च लाग्दैन भने यो बाइक जुनसुकै उमेर समूहका जो कोहीले प्रयोग गर्न सक्छन्। जसको मूल्य कम्पनीले २ लाख ८७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

पल्सर १२५ डिस्क
बजाज पल्सर १२५ एक कम्युटर बाइक हो । जसको बजारमा राम्रो प्रतिष्ठा छ। १२४ सीसी बीएस–६ इन्जिनद्वारा संचालित जसले ११.६४ हर्सपावर र १०.८ एनएम टर्क उत्पादन गर्छ । यो बाइकको तौल १४० केजी छ र यसमा ११.५ लिटरको इन्धन ट्याङ्की छ । दुवै छेउमा टेलिस्कोपिक फोर्क्स र डुअल सस्पेन्ड गरिएका १७ इन्च अलोय ह्विलहरू उपलब्ध छन् । यसको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

Logo