आईपीओ निष्कासन गर्दै युनाइटेड बिजनेश होटल, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

आईपीओ निष्कासन गर्दै युनाइटेड बिजनेश होटल, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

केन्द्रबिन्दु
56
Shares

युनाइटेड बिजनेश होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी स्वरुप धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

होटल र क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुईपक्षिय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सोही सेवाअन्तर्गत काठमाण्डौ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटल प्रालिलाई क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित युनाइटेड बिजनेश होटल लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्ध पत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर(आईपीओ)निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुईपक्षिय सम्झौता सम्पन्न भएको छ ।

Logo