एनआईसी एशिया क्यापिटल आठौं वर्षमा प्रवेश, ल्यायाे अफर

एनआईसी एशिया क्यापिटल आठौं वर्षमा प्रवेश, ल्यायाे अफर

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल स्थापनाको सातौं वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा क्यापिटलले विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ ।

क्यापिटल स्थापना भएको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको हो । आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको एक नेतृत्वदायी मर्चेण्ट बैंकिङ कम्पनीको भुमिका निभाउन सक्षम भई समग्र व्यवसाय उत्साह जनक रुपमा विस्तार गर्न सफल भएको कम्पनीको दाबी छ ।

क्यापिटल संचालनमा आएको छोटो अवधिमा नै आफ्नो सेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत ५।६ अर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६ सय ७५ जना भन्दा बढी ग्राहकहरुबाट २ अर्ब रुपैयाँ भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ ।

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा ‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फागुन २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

अफरहरु-

(१) लगानी व्यवस्थापन सेवा अन्तर्गत : लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

(२) एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत : एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड”को एसआएपिमा आज फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु ५०० बराबरको क्यापिटलको तर्फबाट एसआईपि रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपि बास्टरको सुविधा उपलब्ध गराईनेछ ।

(३) संस्थागत परामर्श सेवा अन्तर्गत: एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत आइडिया टु आइपिओ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा फाल्गुण २२ गतेदेखि २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु।७र मा आइडिया टु आइपिओ सेवा अन्तर्गत आइपिओ जारी गर्ने तह सम्म पुर्‍याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

(४) डिम्याट खाता सेवा: हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको एक हप्ताको लागि मात्र ७ सय रुपैयाँमा लाइफ टाइम डिम्याट रिनुअल योजना सार्वजनिक गरेको छ ।

(५) मेरो सेयर सेवा: हाल क्यापिटलले मेरो सेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “७०० रूपैयाँमा लाइफ टाइम मेरो सेयर रिनुअल योजना सार्वजनिक गरेको छ ।

(६) नि:शुल्क डिम्याट खाता सेवा : क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म नि:शुल्क डिम्याट खाता खोलिदिने ।

(७) सेयर रजिष्ट्रार सेवा अन्तर्गत: हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र ७ सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटिसि मार्केट मा सूचिकरण गरिदिने छ ।

यस एनआईसी एशिया क्यापिटलले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन पिएमएस सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खाताहरु, सामूहिक लगानी योजनामा लगानी गरेकाे इकाईधनीहरु, सेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्णमा कम्पनी आभार व्यक्त गर्दछ ।

Logo