सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार ४ सय कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० रूपैयाँमा कराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo