कुमारीपाटी र कमलादी ‘स्काइ वाक’ मा हिमालयन जाभाको शाखा सञ्चालनमा

कुमारीपाटी र कमलादी ‘स्काइ वाक’ मा हिमालयन जाभाको शाखा सञ्चालनमा

केन्द्रबिन्दु
28
Shares

काठमाडाैँ। कुमारीपाटी र कमलादी ‘स्काइ वाक’ मा हिमालयन जाभाको शाखा सञ्चालनमा आएको छ । यी साखा हिमालयन जाभाको ५७ औँ ५८ औँ साखा हुन्।

कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले ग्राण्ड ओपनिङका हुन्। यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ।

जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ।ओपनिङ समारोहमा किरण केसी, शिव श्रेष्ठ, धिरन शाक्य, जितु नेपाल, पूजा शर्मालगायतका कलाकारको उपस्थिति रहेको थियो।

यमन श्रेष्ठले यसअघिदेखि नै जावलाखेलमा सुरू गरेको भिन्टेज दी होममा अहिले ल्होत्से थकाली चलाउँदै आइरहेका छन्।

Logo