स्प्यारो एसएमएसद्वारा “महिला उद्यमशीलता अभियान” शुरु

स्प्यारो एसएमएसद्वारा “महिला उद्यमशीलता अभियान” शुरु

केन्द्रबिन्दु
14
Shares

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा “महिला उद्यमशीलता अभियान” शुरु गरेको छ ।

यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुटका साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने कम्पनीले विश्वास लिएकाे छ ।

यस अभियानअन्तर्गत, महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको सेवाहरूमा ८० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्छन् । साथै एसएमएस मार्केटिङबारे पनि निःशुल्क परामर्श लिन सक्नेछन्।

बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ । साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्ने कम्पनीकाे भनाई छ ।

स्प्यारो एसएमएसले यस अभियानमार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज र किफायती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले उनीहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

Logo