सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार १ लाख २५ हजार रूपैयाँमा कराेवार भएकाे छापावाला सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रूपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेकाे छ। अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रूपैयाँले बढेकाे छ। बिहीबार एक हजार चार सय ४० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo