नक्सालमा सेरेस इभीको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम संचालनमा

नक्सालमा सेरेस इभीको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम संचालनमा

केन्द्रबिन्दु
42
Shares

सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम संचालनमा ल्याएको छ ।

बिहीबार आयोजित एक समारोहबीच सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नयाँ सोरुम उद्घाटन गरेका हुन् । सो अवसरमा सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको भिडियो पनि देखाएको थियो ।

नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउने विश्वास कम्पनीले लिएको छ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडल, परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछन् ।

सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।

Logo