महिलाहरुको पहिलो रोजाइमा टाटा टियागो इभी

महिलाहरुको पहिलो रोजाइमा टाटा टियागो इभी

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं । टाटा मोटर्सको टाटा टियागो इभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको छ ।

आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठुलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङ्गका लागि सहज हुने, सीटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको हो ।

टाटा इभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरु यसमा आकर्षित भएका हुन् । टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ ।

टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ । दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीले जनाएकाे छ ।

Logo