चेम्बर एक्स्पोमा सवारी साधनदेखि निर्माण सामग्रीसम्म उपलब्ध [फोटोफिचर]

चेम्बर एक्स्पोमा सवारी साधनदेखि निर्माण सामग्रीसम्म उपलब्ध [फोटोफिचर]

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ भृकुटीमण्डपमा जारी छ । स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य राखिएको उक्त एक्स्पो फागुनको २८ गतेसम्म सञ्चालन हुनेछ ।  

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा सो वस्तुहरू हेर्न पुग्ने अवलोकन कर्ताहरूको घुइँचो दिनहुँ बढ्दो छ । प्रदर्शनीमा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत देख्न पाइन्छ, जुन वस्तुहरू धेरैको रोजाइमा परेको र इन्क्वायरी पनि राम्रो रहेको व्यवसायीहरू बताउँछन् ।

व्यापारी र ग्राहकबीचको भेटको एउटा माध्यम बनेको उक्त एक्स्पोमा अवलोकनकर्ताको संख्या पनि उल्लेखनीय रहेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितिकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधि विस्तार गर्न एक्स्पोले मदत  पूर्याउने अपेक्षा लिएको बताए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो शुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेको चेम्बरले जानकारी दिएको छ । एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन । चेम्बरका अनुसार एक्स्पोमा निःशुल्क प्रवेश गर्न सकिन्छ । 

तस्विरः देशभक्त थापा/केन्द्रबिन्दु

Logo