एमजीले बनायो आफ्नै चार्जिङ सफ्टवेयर, के-के छन् विशेषता ?

एमजीले बनायो आफ्नै चार्जिङ सफ्टवेयर, के-के छन् विशेषता ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चार्जिङ नेटवर्कलाई व्यवस्थित गर्न आफ्नै सफ्टवेयर निर्माण गरेको छ। कम्पनीले ग्राहकलाई आफ्ना चार्जिङ स्टेशन र सवारीसाधनको अवस्था बारे जानकारी दिन आफ्नै सफ्टवेयर निर्माण गरेको हो।

एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ। एप स्टोर र प्ले स्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध उक्त एप डाउनलोड गरेर ग्राहकले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन्। चार्जिङ शुल्कलाई खल्ती एपमार्फत मात्र भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाइएको छ।

कम्पनीका अनुसार पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पु-याउने छ। एपले ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेडएस इभी र एमजी–४ इभीका ग्राहकलाई विशेष फाइदा गर्नेछ।

साथै एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनैपनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारी साधन चार्ज गर्न सक्नेछन्। ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित ५०० रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ ।

उक्त शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ। साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङ सम्बन्धी समस्यालाई सम्बोधन गर्नेछ। एमजीआर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्ने बताइएको छ।

नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन्। पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ। प्रति युनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ। हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जनाएकाे छ।

Logo