सयौंलाई रोजगारी दिएको बकसले यसरी उत्पादन गर्दैछ पेलेट र ब्रिकेट

सयौंलाई रोजगारी दिएको बकसले यसरी उत्पादन गर्दैछ पेलेट र ब्रिकेट

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर–५ मा बकस रेन्युवेबल इनर्जी लिमिटेडले आधुनिक प्रविधिको प्रयोग गरी बायोमास पेलेट र ब्रिकेट उत्पादन गर्दै आएको छ । वि.सं.२०७२ सालदेखि व्यवसायिक रूपमा पेलेट र ब्रिकेट उत्पादन गर्दै आएको बकसले नवीकरणीय र सस्तो इन्धनको कल्पना गरी यो फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । सञ्चालन आए देखिनै फ्याक्ट्रीबाट उत्पादित इन्धनको माग समय क्रम अनुसार बढ्दो रहेको कम्पनीले बताएको छ ।

सिजनमा प्रत्येक दिन २०० हाराहारी मजदूर बनमारा संकलनका साथै प्रशोधनमा संलग्न हुने गर्छन् ।

कसरी बन्छ बायोमास पेलेट र ब्रिकेट ?
बायोमास पेलेट र ब्रिकेट उत्पादनको लागि सबैभन्दा पहिला कच्चा पदार्थको आवश्यक पर्दछ, जसका लागि कम्पनीले स्थानीय बनमा रहेको बनमारालाई कच्चा पदार्थको मुख्य स्रोतको रूपमा लिएको छ । सागरनाथ वन परियोजनाअन्तर्गतको साढे १३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको वनभित्रको बनमारालाई संकलन गरी उपयोग गर्ने अनुमति पाएका छ । कम्पनीले उक्त बन क्षेत्र बनमारा संकलन गर्न २० वर्षको लागि लिजमा लिइएको बकस रेन्युवेबल इनर्जीका इन्जिनियर कदाममणि नेपालले बताए ।

बनमारा विशेषगरी मंसिर, पुष, माघ र फागुन, गरी ४ महिनासम्म संकलन हुने गर्छ । सिजनमा प्रत्येक दिन २०० हाराहारी मान्छे बनमारा संकलन साथै प्रशोधनमा संलग्न हुने गर्छन् । जसमा सबैभन्दा बढी स्थानीय महिलाहरूको सहभागिता हुने गरेको छ । बनमरालाई काटेर २/४ दिन सुकाएर मात्र संकल गर्नुपर्ने नेपालले बताए । सुकेका बनमारा संकल गरी वनमै मेसिनको माध्यमबाट धुलो गरिन्छ । र सोही धुलोलाई फ्याक्ट्रीमा पुराइन्छ ।

वनबाट ल्याइएको उक्त धुलोलाई विभिन्न चरणमा प्रशोधन गरेपछि मात्र पेलेट र ब्रिकेट बन्छ । बनमाराको धुलो मात्र नभई वनको झाडी, काठको धुलो, दाउरा लगायत कृषिजन्य वस्तुहरू पनि यसको कच्चा पदार्थ हुन् ।

वनबाट ल्याइएको धुलोलाई विभिन्न चरणमा प्रशोधन गरेपछि मात्र पेलेट र ब्रिकेट बन्छ ।

नेपालका अनुसार फ्याट्रीबाट आवश्यकता अनुरुप पेलेटका साइजहरू निकाल्न सकिन्छ । फ्याक्ट्रीबाट प्रतिघण्टा पेलेट ४ टन र प्रतिघण्टा ब्रिकेट डेढ टन उत्पादन गर्न सकिन्छ । करिव ३० करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याइएको यो फ्याक्ट्रीमा ५ हजार मेट्रिक टन ब्रिकेट र २० हजार मेट्रिक टन बायोमास पेलेट वार्षिक उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

कम्पलीले बायोमास पेलेट र ब्रिकेट उत्पादनलाई मात्र नभई गुणस्तरलाई पनि उतिकै ध्यान दिएको छ । उत्पादन भएको इन्धन गुणस्तरमा छ वा छैन भनेर परीक्षण गरी मात्र बजारमा पेलेट वा ब्रिकेट पठाउने गरेको कम्पनीले बताएको छ ।

फ्याक्ट्रीको उत्पादन क्षमता धेरै भएता पनि अहिले पूर्ण क्षमतामा पेलेट र ब्रिकेट उत्पादन हुन सकेको छैन । तर, आगामी वर्ष अथार्त २०८१ सालदेखि २४सै घण्टा फ्याक्ट्रीबाट उत्पादन गर्ने योजना कम्पनीले बनाएको छ । बकस फ्याक्ट्री स्थानीय नागरिक बीचमा कोइला खानीका नामले चर्चित छ । धेरै स्थानीय नागरिकलाई रोजगारी दिन सफल बकससँग जोडिएर काम गर्दा त्यहाँका नागरिक पनि खुसी देखिन्छन् । बकस रेन्युवेबल इनर्जीमा ९५ जना सेयर हाेल्डर रहेका छन् ।

बायोमास पेलेट र ब्रिकेटको आकार सानो हुने भएकाले सिधै कोइला तथा दाउराको ठाउँमा उपयोग गर्न सकिन्छ । यसको सट्टामा पेलेट चुलोको उपयोग गरी ग्यासको क्षमता बराबर घरेलु काम, होटेल रेस्टुरेन्टमा तथा मेसको लागि खाना पकाउन पनि यसको प्रयोग हुन्छ । दूधजन्य खुवा, नमकीन बनाउन उपयोग गर्नुका साथै औद्योगिक क्षेत्रमा दुध डेरीको बॉयलर तताउन, कागज, चिया, साबुन, टाइल, फार्मा, कपडालगायत उद्योगको भट्टी तताउन पनि पेलेटको प्रयोग गर्न सकिन्छ ।

बायोमास पेलेट र ब्रिकेटको आकार सानो हुने भएकाले सिधै कोइला तथा दाउराको ठाउँमा उपयोग गर्न सकिन्छ ।

Logo