बायोमास पेलेट र ब्रिकेट कसरी उत्पादन हुन्छ ? हेराैं तस्विरमा

बायोमास पेलेट र ब्रिकेट कसरी उत्पादन हुन्छ ? हेराैं तस्विरमा

केन्द्रबिन्दु
126
Shares

सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर–५ मा बकस रेन्युवेबल इनर्जी लिमिटेडले आधुनिक प्रविधिको प्रयोग गरी बायोमास पेलेट र ब्रिकेट उत्पादन गर्दै आएको छ । वि.सं.२०७२ सालदेखि व्यवसायिक रूपमा पेलेट र ब्रिकेट उत्पादन गर्दै आएको बकसले नवीकरणीय र सस्तो इन्धनको कल्पना गरी यो फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । सञ्चालन आए देखिनै फ्याक्ट्रीबाट उत्पादित इन्धनको माग समय क्रम अनुसार बढ्दो रहेको कम्पनीले बताएको छ ।

बायोमास पेलेट र ब्रिकेट उत्पादनको लागि सबैभन्दा पहिला कच्चा पदार्थको आवश्यक पर्दछ, जसका लागि कम्पनीले स्थानीय बनमा रहेको बनमारालाई कच्चा पदार्थको मुख्य स्रोतको रूपमा लिएको छ । सागरनाथ वन परियोजनाअन्तर्गतको साढे १३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको वनभित्रको बनमारालाई संकलन गरी उपयोग गर्ने अनुमति पाएका छ । कम्पनीले उक्त बन क्षेत्र बनमारा संकलन गर्न २० वर्षको लागि लिजमा लिइएको बकस रेन्युवेबल इनर्जीका प्रबन्ध निर्देशक कदममणि नेपालले बताए । उनका अनुसार फ्याट्रीबाट आवश्यकता अनुरुप पेलेटका साइजहरू निकाल्न सकिन्छ । फ्याक्ट्रीबाट प्रतिघण्टा पेलेट ४ टन र प्रतिघण्टा ब्रिकेट डेढ टन उत्पादन गर्न सकिन्छ । करिव ३० करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याइएको यो फ्याक्ट्रीमा ५ हजार मेट्रिक टन ब्रिकेट र २० हजार मेट्रिक टन बायोमास पेलेट वार्षिक उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

Logo