‘चेम्बर एक्स्पो २०२४’ सम्पन्न, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

‘चेम्बर एक्स्पो २०२४’ सम्पन्न, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय वस्तुहरु प्रदर्शनीमा राखिएका थिए । एक्स्पोमा ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

आर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

एक्स्पोमा स्वदेशमै उत्पादित कृषिजन्य वस्तुहरु, हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौं चरणको एक्स्पो सम्पन्न गरेको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तानलगायतका व्यापारीले समेत सहभागिता जनाएका थिए ।

एक्स्पोमार्फत स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाई छ । कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाई छ ।

चेम्बरले प्रत्येक वर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ । अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

Logo