नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ।  प्राथमिक पूँजीकोषमा दबाब परेपछि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समितिले गरेको हो।

उक्त रकम बराबर ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयर कम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरी जारी गरिने समेत बैंकले जनाएको छ।

यस्तै बैंकले राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् ८ प्रतिशत नबिल डिबेन्चर २०८९ (८ वर्षे अवधिको) समेत जारी गरिने बताएको छ।

के हो अग्राधिकार सेयर ?

कुनै पनि कम्पनीले निष्कासन गरेको सेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्राधिकार हुने सेयरलाई अग्राधिकार सेयर अर्थात् प्रिफिरेन्स सेयर भनिन्छ। यस्तो सेयरमा अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र अन्य साधारण सेयरधनीहरुलाई लाभांश बाँडिन्छ। लाभांशको पहिलो प्राथमिकता अग्राधिकार सेयरधनीलाई हुन्छ। कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार सेयर जारी गर्दछ।

Logo