माछामासु, तरकारी तथा फलफूल व्यवसाय १५ दिनभित्र दर्ता गर्न काठमाडौँ महानगरको निर्देशन

माछामासु, तरकारी तथा फलफूल व्यवसाय १५ दिनभित्र दर्ता गर्न काठमाडौँ महानगरको निर्देशन

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालनमा रहेका तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई १५ दिन भित्र दर्ता गर्न निर्देशन दिएको छ।

यस अवधिमा दर्ता भई सोको विवरण काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागमा पेस गर्न व्यवसायीलाई आग्रह गरिएको हो।

‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ सूचनामा भनिएको छ। कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले महानगरभित्र रहेको सबैखाले व्यवसायहरुलाई करको दायरामा ल्याउने, नियमन गर्नका लागि सूचीकृत गराउन लागेको बताए ।

सूचनाको उल्लङ्घन गरी दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ।

Logo