लोकप्रिय इलेक्ट्रिक क्रसओभर एट्टो-३ को अपडेटेड भर्सन सार्वजनिक, के-के छन् नयाँ फिचर ?

लोकप्रिय इलेक्ट्रिक क्रसओभर एट्टो-३ को अपडेटेड भर्सन सार्वजनिक, के-के छन् नयाँ फिचर ?

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। ईभी निर्माता बीवाइडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर एट्टो-३ को अपडेटेड भर्सन सार्वजनिक गरेको छ। अपडेटेड मोडलको भित्र र बाहिर धेरै कस्मेटिक परिवर्तन गरिनुको साथै नयाँ फिचरहरू थप गरेकाे हाे।

अपडेट गरिएको सो नयाँ मोडलको मूल्य भने घोषणा गरिएको छैन। यो ईभी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने र लगत्तै नेपाली बजारमा समेत आउने अनुमान गरिएकाे छ।

सो ईभीको पछिल्लो भागमा हालको मोडलमा देखिएको ’बिल्ड योर ड्रीम्स’ लोगोलाई प्रतिस्थापन गर्दै छोटो बीवाइडी अक्षरहरू राखिएको छ। साथै यसमा नयाँ डिजाइन गरिएको १८ इन्च एलोई ह्विल दिइएको छ।

यसका साथै बडीमा नयाँ कसमस ब्ल्याक पेन्ट स्किम दिइएको छ भने विन्डो वरिपरि र डी पिलर इन्सर्टमा ग्लोस ब्ल्याक ट्रिम पाउन सकिन्छ।

कारको इन्टेरियरमा सील सेडानबाट लिइएको १५.६ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ। क्याविनमा गाढा निलो र कालो रङको उचित समिश्रण पाउन सकिन्छ। सो नयाँ मोडलमा बीवाइडीले ब्रेक पेडल थिचेर कार स्टार्ट गर्न अनुमति दिने ‘इन्टेलिजेन्ट स्टार्ट’ सिस्टम समेत थप गरेको छ।

Logo