बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौंः गभर्नर अधिकारी

बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौंः गभर्नर अधिकारी

केन्द्रबिन्दु
28
Shares

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए । उनले भने, ‘यहाँहरुले राष्ट्रको स्रोतहरु चलाइराख्नु भएको छ । आम जनताको स्रोतहरु चलाइराख्नु भएको छ । त्यसलाई खेर जान र निष्क्रिय हुन दिनुभएन । दुरुपयोग हुन दिनुभएन । त्यो बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गनुपर्छ जसले गर्दा उत्पादन बढोस् र अनुत्पादक चिजहरूमा यहाँहरूको आर्थिक स्रोतहरू खर्च नहोस् ।’

राष्ट्रिय वाणिज्य बैंक सिस्टमभित्र रहेको बैंकहरु मध्ये न्यूनतम आधार दर भएको भन्दै त्यसले प्रतिस्पर्धात्मक क्षमता देखाएको बताए । विभिन्न चुनौति र कमजोरीको बीचमा आफ्नो शक्ति प्रयोग गरी जनविश्वास कायम गर्नेगरी कार्य गर्न पनि उनले आग्रह गरे ।

Logo