आज सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ। साताकाे पहिलाे काराेवार दिन आइतबार सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ४ सय रूपैयाँले घटेकाे हाे।

शुक्रबार १ लाख २५ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २५ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै आइतबार चाँदीको मूल्य भने बढेकाे छ। शुक्रबार प्रतितोला १ हजार ५ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ५ सय ३० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo