कुमारी बैंकको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।

बैंकले शेयरधनी नीरप्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको २७ हजार ३३ कित्ता तथा बालकृष्ण दाहालको नाममा रहेको ६१ हजार २६५ कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । साथै, तोकिएको समयभित्र खरिदका लागि संस्थापकहरुको आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

Logo