राष्ट्र बैंकको संयोजकत्वमा आजदेखि देशैभरी ‘ग्लोबल मनी वीक २०२४’ मनाइँदै

राष्ट्र बैंकको संयोजकत्वमा आजदेखि देशैभरी ‘ग्लोबल मनी वीक २०२४’ मनाइँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजबाट ‘ग्लोबल मनी वीक -२०२४’ मनाउँदैछ। राष्ट्र बैंकले ‘सुरुआत युवाबाटै, बलियो आधार बचतबाटै’ भन्ने मुल नाराका साथ मनी वीक मनाउन लागेकाे हाे।

याे कार्यक्रम एक सातासम्म चल्ने छ। आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउने गरिन्छ। उक्त कार्यक्रम ओइसिडिको सहकार्यमा राष्ट्र बैंकले पनि प्रत्येक वर्ष गर्ने गरेको छ।

नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम हुने छन्।

Logo