आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। साेमबार सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ५ सय रूपैयाँले घटेकाे हाे।

आइतबार १ लाख २५ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २४ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ९ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै साेमबार चाँदीको मूल्य पनि घटेकाे छ। आइतबार प्रतितोला १ हजार ५ सय ३० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १० रूपैयाँले घटेर १ हजार ५ सय २० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo